धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

मिडियाले संवेदनशीलता अपनाउनुपर्ने सञ्चारकर्मीको जोड

मिडियाले संवेदनशीलता अपनाउनुपर्ने सञ्चारकर्मीको जोड

धनगढी । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा मिडियाले संवेदनशीलता अपनाउनुपर्ने सञ्चारकर्मीहरुले बताएका छन् ।

सुदूरपश्चिम समाज धनगढीले शुक्रवार धनगढीमा लैङ्गिक संवेदनशीलता प्रति मिडियामा सञ्चारकर्मीहरूको भूमिका विषयमा सञ्चारकर्मीहरुले लैङ्गिकका विषयमा समाचार सम्प्रेषण गर्दा संवेदनशीलता अपनाउनुपर्ने बताएका हुन् । 

विषयमा मिडियामा समाचार सम्प्रेषण गर्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा कुनै पनि मिडियाले आचआउने खालको शब्दहरू प्रयोग गरेर समाचार सम्प्रेषण गर्नु नहुने बताएका छन् । 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घकी कार्यक्रम संयोजक सिम्रन शेरचनले मिडियाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीहरूले शब्दमा विशेष ख्याल गर्नुपर्ने बताइन् ।

सञ्चारकर्मीहरू सँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू  सधैँ तयार रहेको उनले बताइन् । 

पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमालय जोशीले मिडियाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका समाचार सम्प्रेषण गर्दा सम्वेशनशिल भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

सञ्चारकर्मीहरूले समाचारमा शब्द चयन गर्दा पनि कुनै आचपुग्ने गरेर शब्द चयन गर्नु नहुने उनले बताए । 

कार्यक्रम संयोजक शेरचनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका विषयमा मिडियाको भूमिका बारे प्रस्तुतीकरण गरेकी थिइन् । 

पत्रकार महासङ्घका अध्यक्ष जोशीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका संवालहरु र सञ्चार सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए ।