धनगढी पोष्ट
शनिबार, १२ असोज २०८१ मा प्रकाशित
काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीरपहिरोमा परी देशभरमा ११ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान १०:३० बजेसम्मको तथ्यांकअनुसार ११ जनाको मृत्यु तथा १० जना बेपत्ता भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
काभ्रेमा ३, पाँचथर र धनकुटामा २र२, तथा झापा, काठमाडौं, ललितपुर र धादिङमा १र१ जनाको मृत्यु भएको थापाले जानकारी दिए ।
उनका अनुसार ललितपुरमा ६, धनकुटामा २ तथा काठमाडौं र धादिङमा १र१ जना बेपत्ता भएका छन् ।
बाढी पहिरोले १६२ घरमा क्षति पुगेको छ भने ७६० जनाको सकुशल उद्धार गरिएको छ । बाढीपहिरो पीडितको उद्धारमा १६३० सशस्त्र प्रहरी परिचालन भएका छन् ।
काठमाडौं उपत्यकाका ३ जिल्लामा १३ बोटसहित उद्धार टोली परिचालन भएको थापाले जानकारी दिए ।