धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

आठ लाख ३२ हजार मुल्यको अबैध सामान बरामद

आठ लाख ३२ हजार मुल्यको अबैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा ८ लाख ३२ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मात्रै ४ लाख ७० हजार ५ सय मुल्यको अबैध सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय दोधाराले ३ हजार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले ८४ हजार ९३५, इलाका प्रहरी कार्यालय बेलडाडीले २८ सय र इलाका प्रहरी कार्यालय गुलरियाले १ लाख ४८ हजार मुल्यको अबैध सामान बरामद गरेको छ।

यस्तै प्रहरी चौकी टेडुवाले १६ हजार ४७०, प्रहरी चौकी झिलमिलाले ५ हजार ३ सय, अस्थायी प्रहरी बिट भासीले ८८ हजार ४५०, अस्थायी प्रहरी बिट मझगाउँले २ हजार ७५० र अस्थायी प्रहरी बिट चम्फापुरले १० हजार गरेर ८ लाख ३२ हजार २०५ मुल्य बराबरको अबैध सामान बरामद गरिएको छ।

औषधी, कस्मेटिक सामान, हार्डवेयरका सामान, सुर्ती, तेल, बिडी, सलाई, दाल, बिस्कुट, पेयपदार्थ, नम्किन, कपडा र चिनी लगायत अबैध सामान बरामद गरेर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।