धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले  मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।

आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

प्रवक्ता महतका अनुसार  उक्त उपनिर्वाचनमा दलको दर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।

उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरू भइसकेको छ।  असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको कार्यक्रम रहेको छ।