धनगढी पोष्ट बिहिबार, २९ माघ २०८२   February 12, 2026

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १२९ पुग्यो

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १२९ पुग्यो

काठमाडौं । बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार  आइतबार दिउँसो १ बजेसम्म बाढी पहिरोमा परी १२९ जनाको मृत्यु,६२ जना बेपत्ता र ८६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार अहिलेसम्म ३ हजार २६६ जना बढीको उद्दार भएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

लामो यात्रामा निस्किनुअघि नजिकको वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।