धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

प्रदेश लोकसेवा आयोगले प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

प्रदेश लोकसेवा आयोगले प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

धनगढी । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले आफनो चौथो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।

प्रदेश लोकसेवा आयोगले आइतबार प्रदेश प्रमुख समक्ष चौथो वार्षिक प्रतिवेदन पेश गरेको हो । 

प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा बमोजिम प्रत्येक आर्थिक वर्षमा गरेका काम कारबाहीको वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

आयोगका अध्यक्ष यज्ञराज बोहराले प्रदेश प्रमुख नजिर मियाँलाई चौथो वार्षिक प्रतिवेदन हस्तातरण गरेका हुन् ।

कार्यक्रममा आयोगका सदस्य लक्ष्मणबहादुर खडका, भागरथी राना लगायत कर्मचारीहरु उपस्थिती रहेको थियो ।