धनगढी पोष्ट आइतबार, २८ मङि्सर २०८२   December 14, 2025

बाढी पहिरो प्रभावितलाई अस्थायी आवास निर्माण गर्न तत्काल पहिलो किस्ता रकम दिने

बाढी पहिरो प्रभावितलाई अस्थायी आवास निर्माण गर्न तत्काल पहिलो किस्ता रकम दिने

काठमाडौं । बाढी पहिरो प्रभावितको पहिचान गरेर सरकारले राहत दिने भएको छ।

संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले स्थानीय तहमार्फत लाभग्राही पहिचान गरेको ३ दिनभित्र अस्थायी आवासका लागि तत्काल पहिलो किस्ता दिने निर्णय गरेको जानकारी दिए।

उनले स्थायी आवासको लागि सरकारले निर्णय गरेर थप रकम दिने समेत जानकारी गराए।

उनले मृतकका परिवारलाई राहतस्वरुप दुई लाख दिने निर्णय गरेको समितिलाई जानकारी दिए । गत शुक्रबार र शनिबार परेको बर्षाले देशभर ठूलो जनधनको क्षति गरेको छ।