धनगढी पोष्ट शुक्रबार, १० असोज २०८३   September 25, 2026

राप्रपाबाट सुनिल थापा सहित ३१ ले दिए सामुहिक राजिनामा

काठमाडौं

   राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनिल थापा सहित पार्टी प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा सहित ३१ जनाले पार्टी परित्याग गरेका छन् । उनीहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेका छन् ।

     पूर्वमहामन्त्री थापा सहित ३१ जना नेताहरुले एकसाथ पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै अध्यक्षत्रयलाई शनिबार राजीनामापत्र बुझाएका हुन् । राप्रपाको सिद्धान्त र दृष्टिकोण स्वार्थ र परिस्थिति अनुकूल परिवर्तन भइरहँदा विश्वास समाप्त भएको थापा सहितका नेताहरुले उल्लेख गरेका छन् ।

    राजीनामा दिनेमा उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत र केही केन्द्रीय सदस्यहरू छन् ।


ट्रेन्डिङ