धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सहकारी पीडितको रकम फिर्ता हुनुपर्ने बताए । 

उनले कुन प्रक्रियाबाट फिर्ता गर्ने भन्ने विषयमा अध्ययन भइरहेको जानकारी गराए । 

“सरकारी पीडितको समस्या समाधान गर्ने कुरामा सरकार एकदमै गम्भीर छ,” उनले भने, “पैसा कहाँ कहाँ पुर्‍याइसकेको छ । उल्फाको धन भएका बेला उडाएको छ ।

त्यो रकम फिर्ता हुनै नसक्ने अवस्था हुन सक्छ । कतिसम्म रकम फिर्ता गराउन सकिन्छ, के प्रक्रियाबाट गर्न सकिन्छ भन्ने कुरा कानुनको दायाराभित्र रहेर गर्नुपर्‍यो । सरकार प्रतिबद्ध छ ।”