धनगढी पोष्ट
बिहिबार, १७ असोज २०८१ मा प्रकाशित
काठमाडौँ । हालैको बाढीपहिरोमा परी मृत्यु हुनेको दुई सय ३३ पुगेको छ। २२ जना अझै बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्भार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।