धनगढी पोष्ट
बिहिबार, १७ असोज २०८१ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले डेरी व्यवसायलाई उद्यमशिलतासँग जोडेर अघि बढाउनु पर्ने बताएका छन् । अबको समय उद्यमशिलताको नै हो । नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेश तथा जिल्ला कमिटीले संघले बिहीबार आयोजना गरेको दशै, तिहार तथा छडको शुभकामना कार्यक्रममा प्रदेश सभा सदस्य पाठकले भने ‘डेरीमा उद्यमशिलताको बिकास गर्न पाउडर प्लान्ट आवश्यक छ । तर यो बनउदा पर्याप्त अध्ययन अनुसन्धान गर्न जरुरी छ ।
सुदुरपश्चिम प्रदेशमा उद्यमलिताको बिकास गर्न उत्पादनमुलक अनुदान निति बिकास गर्नु पर्ने प्रदेश सभा सदस्य पाठकले बताए । ‘धेरै चीजमा अनुदान गएको सुनिन्छ, तर त्यसले उत्पादन बढाएको सुनिदैन ।’ पाठकले भने ‘त्यसैले अब अनुदानको मोडालिटी परिवर्तन गर्नु पर्छ कि ? उत्पादनमुलक क्षेत्रमा मात्र अनुदानको निती लिनु पर्छ कि ?’
बजेट बिनियोजन गर्दा प्रदेशको प्राथमिकताको क्षेत्रमा बजेट छुट्याइनु पर्ने पाठकले बताए । प्रदेश सरकारले सम्वन्धित कार्यालयहरुसँगको छलफलमा प्रदेशका प्राथमिकताहरु निर्धारण गर्ने गरेको उल्लेख गर्दै पाठकले भने ‘प्रदेशको प्राथमिकताको क्षेत्रमा बजेट छुट्याइनु पर्छ ।
प्रदेश सभा सदस्य पाठकले ‘प्राथमिकता निर्धारण गर्दा हामी (प्रदेश सभा सदस्यहरु ) नबोलाइने गरेको उल्लेख गर्दै भने ‘तर पनि नितिगत तहमा कुरा उठाउनु पर्ने छ भने भन्नुहोला, म पहल गर्नेछु ।’