धनगढी पोष्ट
आइतबार, ११ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरा स्थित बुढीगंगा नगरपालिकाको लेखा शाखामा अज्ञात समुहले आगजनी गरेको छ । नगरपालिकाको लेखा शाखामा आगजनी गरिएको नगरपालिकाका मेयर दिपक शाहले बताए । ‘शनिबार राती लेखा शाखामा आगजनी गरिएको छ’ मेयर शाहले भने–‘कसले र किन आगजनी ग¥यो भन्ने पत्ता लागेको छैन ।’
रातीको समयमा अज्ञात समूहले लेखा फाँटको झ्याल फोडेर पेट्रोल छर्किएर आगजनी गरेको उनले बताए । आगलागीका कारण कार्यालयमा राखिएका रेकर्ड फाइल तथा मेसिन, कम्प्यूटर जलेर नष्ट भएको उनले बताए । जिलला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले क्षतीको विवरण तयार नभइसकेको बताए । उनले कार्यालयमा आगजनी गर्नुपर्ने कारण र व्यक्तिको खोजीकार्य भइरहेका बताए ।