धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कञ्चनपुरबाट ९ जना जुवाडे पक्राउ

कञ्चनपुरबाट ९ जना जुवाडे पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट ९ जना जुवाडे पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–७ कालापानी स्थित मान सिंह ठगुन्नाले संचालन गरेको धामी कटेजमा जुवा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय बिपिन सिंहसहित ९ जना पक्राउ परेका हुन्।

उनीहरुलाई नगद ८१ हजार ४६० र ३ गड्डी ताससहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।