धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

दसैँ बिदामा मानव अधिकार आयोग कार्यालय खुला रहने

दसैँ बिदामा मानव अधिकार आयोग कार्यालय खुला रहने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश र प्रदेश शाखा कार्यालयहरू दसैँ बिदामा खुला रहने भएका छन्।

आयोगले मंगलबार विज्ञप्तिमार्फत दसैँ बिदामा कार्यालय बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने जनाएको हो।

‘यस अवधिमा आयोगले मानव अधिकार  उल्लंघन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर  प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमनसमेत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।