धनगढी पोष्ट
मङ्गलबार, २२ असोज २०८१ मा प्रकाशित
अत्तरिया । कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको वार्षिक एवम् नियमित १५ औं साधारण सभा मंगलबार सु–सम्पन्न भएको छ ।
मंगलबार भएको उक्त कार्यक्रमको सभापतित्व प्रतिभा सामुदायि पुस्तकालयका अध्यक्ष श्री पुष्पराज जोशीज्यूले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथिमा नेपाल सरकारका पूर्व मन्त्री श्री लेखराज भट्ट रहनु भएको थियो ।
मंगरबार भएको संस्थाको १५ औं साधारण सभामा प्रतिभा सामुदायिक पुस्तकालयका १२० जना आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो ।
पुस्तकालयका वर्तमान कार्य समिति सदस्य तथा संस्थाको वार्षिक मुखपत्र ‘प्रतिभा’ अङ्क–५ का प्रधान सम्पादक श्री नरेन्द्रराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री राजबहादुर कडायतले गर्नुभएको थियो ।
साधारण सभाको पहिलो सत्रमा यस संस्थाको वार्षिक मुखपत्र ‘प्रतिभा’ अंङ्क–५ विमोचन गरिएको थियो ।
त्यसपछि यस पुस्तकालयलाई विभिन्न किसिमले सहयोग पु¥याउने महानुभावहरु, यस क्षेत्रका साहित्यकार–स्रष्टा–सर्जकहरु तथा यस पुस्तकालयमा नियमित आई अध्ययन गर्ने पाठकहरुलाई सम्मानित गरिएको थियो ।
साधारण सभाको बन्दसत्रमा पुस्तकालयका अध्यक्ष श्री पुष्पराज जोशीले गत आ.व.को प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष श्री धर्मसिंह कुँवरले गत आ.व.को आय–व्यय विवरण तथा आगामी आ.व.को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।
उपस्थित सम्पूर्ण आजीवन सदस्यहरुले उक्त लेखा प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्व सम्मतिले अनुमोदन गरेका थिए ।
विशिष्ट अतिथिमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य श्री विजय कुँवर, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति माननीय डा.टी.एन.जोशी, शिखर नगरपालिका–डोटीका पूर्व नगरप्रमुख श्री सिताराम जोशी, गोदावरी नगरपालिका कैलालीका पूर्व नगर उप–प्रमुख श्री रत्ना कडायत, अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर, गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष एवम् गोदावरी नगरपालिकाका प्रवक्ता श्री गोपालदत्त भट्ट, सुदूर पश्चिमाञ्चल साहित्य समाज–धनगढीका अध्यक्ष श्री तीर्थराज पाण्डेय रहनु भएको थियो ।