धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

पहिचान नखुलेका एक पुरुषको मृत्यु

पहिचान नखुलेका एक पुरुषको मृत्यु

धनगढी । कैलालीको धनगढीमा पहिचान नखुलेका एक जनाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका– १३ स्थित धनगढी एयरपोर्ट जाने मोड नजिकै मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो।

शनिबार दशैंको दिन कृष्णपुर नगरपालिकास्थित कलुवापुरका ३५ वर्षीय गोबिन्द झुकालले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाइते भएका ती पुरुषको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ।