धनगढी पोष्ट
मङ्गलबार, २९ असोज २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ खुल्ल मञ्चमा जारी धार्मिक तथा संस्कृतिक उत्सव–२०८१ को आज साँझ समापन हुने भएको छ ।
असोज १५ गतेदेखि सुरु भएको विजय दशमीको उपलक्ष्यमा सन्ध्याकालिन धार्मिक तथा संस्कृति उत्सवका समापन हुने भएको हो ।
द टुविम्स अ कम्प्लीट ईन्स्टिच्युट अफ डान्स धनगढीको आयोजनामा धार्मिक तथा संस्कृतिक उत्सव सुरु भएको थियो ।
उत्सवको समापन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले गर्ने आयोजकले जनाएको छ ।
उत्सवमा लोक संस्कृतिक नृत्य, रामलिला धार्मिक नाटक र कलाकारहरुको प्रस्तुति रहेको थियो ।
उत्सवका निर्देशक तथा कार्यक्रम संयोजक केशव बलायरका अनुसार आइतबार रामलिलामा रावणलाई जलाइएको थियो ।

