धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

वन स्टप सोलुसन बन्दै एनसेल एप

वन स्टप सोलुसन बन्दै एनसेल एप

काठमाडौं । एनसेलले आफ्नो सेल्फ केयर एप एनसेल एपलाई थप परिस्कृत गरी नयाँ फिचर थपेको छ । अब एपमा एनसेलका ग्राहकले जल तथा मौसमको बारेमा जानकारी लिन, समाचार पढ्न पाउँछन् । एनसेल एपमा मात्रै पाइने विभिन्न अनलाइन गेमको मजा पनि लिन सकिने एनसेलले जनाएको छ । 

कस्टमर इन्गेजमेन्टका लागि चाडपर्वहरू र हप्ताको अन्तिममा अनलाइन गेम प्रतियोगिता पनि हुने गरेको छ । धेरै अंक प्राप्त गरेका ग्राहकहरूले प्रतियोगिताको अन्त्यमा पुरस्कार जित्नसक्ने बताइएको छ ।

त्यसैगरी, चारवटा विभिन्न डेटा प्याक, पाँचवटा भ्वाइस प्याक र अनलिमिटेड दसैँ अफरबाट पनि ग्राहकले फाइदा लिन सक्छन् । एनसेल एपमा ग्राहकले आफ्नो ह्यान्डसेटमा भोल्टे चल्छ की चल्दैन भनेर एक क्लिकमा नै चेक गर्नसक्ने र चल्ने रहेछ भने एपबाटै भोल्टे सेवा एक्टिभेट गर्न सक्ने सुविधा पनि पाउन सक्छन् । 

एनसेलका अनुसार, एप प्रयोगकर्ताका लागि एप एक्सक्लुसिभ अफरहरू पनि रहेका छन् । जस्तै ११२ मा ७ दिनको समयावधि रहेको ५ जीबी डेटा एनसेल एपमा मात्र खरिद गर्न सकिन्छ । एनसेल एप प्रयोगकर्ताहरूका लागि अन्य विशेष अफरहरु ल्याउने योजना रहेको एनसेलले जनाएको छ ।

एनसेलले पुरानो भर्सनबाट नयाँ एनसेल एपमा अपडेट गर्ने ग्राहकलाई निःशुल्क २०० एमएमबी डेटा दिन थालेको छ । अन्य साझेदारहरूको सहकार्यमा एनसेल एपमा अरु पनि आकर्षक सुविधाहरु समावेश गरिएका छन् । 

नासा सेक्युरिटिजसँगको साझेदारीमा ग्राहकले एनसेल एपमा फास्टेष्ट फिंगर  फस्ट गेम ९सबैभन्दा चाँडै डिम्याट खाता खोल्ने० खेल्न सक्छन् र प्रत्येक महिना १२ महिनासम्म स्मार्टफोन जित्न सक्छन् । त्यसैगरी एनसेलले आफ्ना एनसेल एप प्रयोगकर्ताहरुका लागि विभिन्न प्रिमियम ब्राण्डका सामानहरु उपलब्ध गराउने अनलाइन प्लेटफर्म इफार्मेसीसँग साझेदारी गरेको छ । 

यो साझेदारी अन्तर्गत एनसेल एप प्रयोगकर्ताहरुले विभिन्न ब्राण्डका उत्पादनहरुको खरिदमा १० प्रतिशत छुट र निःशुल्क डेलिभरी सेवाको फाइदा लिन सक्छन् । 

यो अपडेटसँगै ग्राहकले अब विविध जानकारीहरूमा सजिलै पहुँच पाउने भएका छन् । ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरूको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभाहरूमार्फत् एपलाई कम्पनीले अपडेट गर्दै आएको छ ।

ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगतरूपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन् । 

स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राख्ने एनसेलले जनाएको छ । यो एपले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा डिजिटल नेपाल भिजनका आकांक्षाहरू हासिल गर्न पनि योगदान पुर्याउने विश्वास लिएको छ ।

सजिलै भ्वाइस र डाटा प्याकहरू लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुरू गर्नेलगायत अन्य थुप्रै एपमा रहेका विद्यमान सेवासुविधाहरू हुन् ।

एनसेल एपको नयाँ अपडेटेड भर्सन प्लेस्टोर र आईओएस स्टोरबाट सजिलै डाउनलोड वा अपडेट गर्न सकिन्छ । एनसेल एप डाउनलोड गरी लग इन गरेपछि ग्राहकले १ जीबी डेटा निःशुल्क प्राप्त पनि गर्ने एनसेलले जनाएको छ ।