धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

निःशुल्क शैक्षिक सामाग्रीहरु वितरण

निःशुल्क शैक्षिक सामाग्रीहरु वितरण

अछाम । हेमा श्री फाउन्डसन नेपाल कैलालीद्वारा साफेँबगर नगरपालिका–१३, बावला,अछाम स्थित श्री जाल्पादेवी आधारभूत विद्यालयमा निःशुल्क शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।

सो विद्यालयमा अध्ययनरत विपन्न, आर्थिक अवस्था न्यून भएका, एकल परिवारका ३५ जना विद्यार्थीहरुलाई झोला, कापी  कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए । 

विगतका दिनहरुमा पनि सामुदायिक विधालयलाई सहयोग गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री,विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने, बाल–बालिहरुका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने भावी योजना रहेको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए । 

कापी, कलम र झोला शैक्षिक सामाग्री पाएकोमा विद्यार्थीहरु निक्कै हषित भएका थिए, भने वडा अध्यक्ष रुपबहादुर कुँवरले आर्थिक स्थिति निकै कमजोर भएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेकोमा फाउन्डेसनलाई धन्यवाद र आगामी दिनहरुमा फाउन्डेसन सँग समन्वय र सहकार्य गर्न वडा तत्पर रहेको कुरा व्यक्त गरेका थिए । 
         

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रुपबहादुर कुँवर, विशिष्ट अतिथि वडा सदस्य बिरु सुनार, हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) रहेका थिए । 

त्यस्तै आमन्त्रीत अतिथिहरुमा युवा ब्यवसायी टेक बहादुर बटाला,पुष्प बटाला,पृथ्वी बटाला, गोरख कुँवर, शिक्षक–शिक्षिकाहरु,फाउन्डेसनका पदाधिकारीहरु ,अभिभावक लगायत श्री जाल्पादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

स्वागत सहितको शुभकामना मन्तब्य शिक्षक कालु बिष्टले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बिधालयका प्र.अ.उमाकान्त जोशीले गरेका थिए ।