धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

धनगढीमा धार्मिक तथा सांस्कृतिक उत्सव सम्पन्न

धनगढीमा धार्मिक तथा सांस्कृतिक उत्सव सम्पन्न

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ खुल्ला मञ्चमा जारी धार्मिक तथा सांस्कृतिक उत्सव–२०८१ सम्पन्न भएको छ ।

द टुविम्स अ कम्प्लीट इन्स्टिच्युट अफ डान्स धनगढीको आयोजनामा असोज १५ गतेदेखि सुरु भएको विजय दशमीको उपलक्ष्यमा सन्ध्याकालीन धार्मिक तथा संस्कृति उत्सव मंगलबार सम्पन्न भएको हो । 

समापन कार्यक्रमको प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशी यस्ता गतिविधि गर्ने चाहन व्यक्तीहरुलाई स्थानीय, प्रदेश सरकारले प्रोत्साहन गर्दै लजानुपर्ने बताए ।

आजका युवा पुस्ताहरू आफ्नो कला, संस्कृति र धर्मप्रति विमुर्ख भइरहेको उनले बताए । प्रदेश सरकारले कला, संस्कृति र मौलिकतालाई जग्र्रना गर्नेका लागि ठोस योजना समेत बनाएको उनको भनाई छ ।

उनले कला र संस्कृतिको प्रवर्धन गर्नेका लागि विभिन्न ठाउँ–ठाउँमा आफूहरू पुगिरहेको बताए । यस वर्ष आफूहरूले नयाँ कार्यक्रमहरू गर्ने लागिरहेको उनले बताए । 

उत्सवमा लोक सांस्कृतिक नृत्य, रामलीला धार्मिक नाटक र कलाकारहरूको प्रस्तुति समेत रहेको थियो ।

उत्सवमा सहयोगी संघ-संस्थाहरु, कलाकारहरू र विभिन्न निकायका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

द टुविम्स अ कम्प्लीट इन्स्टिच्युट अफ डान्स धनगढीका अध्यक्ष केशव बलायरको अध्यक्षत्यतामा उत्सवको समापन गरिएको थियो ।