धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सडकमार्ग बन्द भएपछि बाजुराको कोल्टीमा हवाई सेवा पुनः सञ्चालन

सडकमार्ग बन्द भएपछि बाजुराको कोल्टीमा हवाई सेवा पुनः सञ्चालन

धनगढी

  पहाडी जिल्ला  बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । लगातारको बर्षा संगै आएको बाढी पहिरोका कारण १५ दिन यता जिल्लालाई जोडने मुख्य सडक साँफे मार्तडी सडक खण्ड देखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएपछि यातायात सेवा पुर्णरुपमा बन्द भएको छ ।

    यातायात सेवा पुर्ण बन्द भएपछि जिल्लामा खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री अभाव देखिन थालेको बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले बताए । सबै सडकहरु बन्दा हुँदा आवत जावत समेत ठप्प भएको उनले बताए ।

  बाजुरा जिल्लामा यातायातको अन्य बिकल्प नभएपछि आवात जावतलाई सहयोग पु¥याउन हवाई सेवा कम्पनीले ३ दिन यता उडान शुरु गरेका हुन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ ।

   नागरिक उड्डयन कार्यालय कोल्टीका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी अनिवार्य गरेर मास्क, पञ्जा लगायत स्वास्थ्य सुरक्षाका प्रयोग गरी उडान शुरु गरिएको बताए । आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने बडिमालिका एयर कार्गो सेवा राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले       बताए ।

  यातायातका साधन पुर्णतया बन्दा हुँदा सबैभन्दा बढी प्रसूति र अन्य बिरामीलाई निकै समस्या भएको थियो । हवाई सेवा शुरु संगै उनीहरुलाई केही सहज हुने भएको छ ।