धनगढी पोष्ट
बिहिबार, ०१ कार्तिक २०८१ मा प्रकाशित
धनगढी । कैलालीमा साढे २० क्विन्टल चिनी बरामद भएको छ । कैलारी गाउँपालिका-८ को लौंसाबाट बिहीबार भारतबाट ल्याइएको १६ लाख ८७ हजार मूल्य बराबरको चिनीसहित गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले सुपप्र०१००१च३९५७ नम्बरको गाडीसहित अवैध चिनी बरामद गरेको हो ।
प्रहरीका अनुसार ५० किलो तौल भएका ४१ बोरा अवैध चिनी बरामद गरिएको हो ।
बरामद चिनी र गाडी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।