धनगढी पोष्ट बिहिबार, २६ भदौ २०८२   September 11, 2025

आजबाट बडादसैँ सकियो, जमरा बिसर्जन

आजबाट बडादसैँ सकियो, जमरा बिसर्जन

काठमाडौं । आजबाट बडादसैँ पर्व समापन भएको छ। धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रीमा जाग्राम बसेपछि  दसैँ सकिएको हो।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन भएको हो। 

विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त भएसँगै नजिकको खोला तलाउनमा जमरा बिर्सजन गरिएको छ। 

नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।

असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि टीका र जमरा लगाउने क्रम सुरु भएको थियो।