बाजुरावासी स्वर्गका बासिन्दा जस्तो लाग्यो : राष्ट्रपति

बाजुरावासी स्वर्गका बासिन्दा जस्तो लाग्यो : राष्ट्रपति

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको उदघाटन गरेका छन्।

उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको प्रसङ्ग निकाल्दै सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धिका लागि कामना गरेका थिए।

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको उल्लेख गरे।

उनले भने,ुमलाई बाजुरावासी स्वर्गका बासिन्दा जस्तो लागेको छ, विपन्नतामा छौ भन्ने तपाईहरुलाई लाग्ला, अब तपाईहरुले त्यो भावना मनमा नराख्नुहोला, यो ठाउँको कृषि, पर्यटनको विकास हुन्छ, स्तरीय बाटो खुल्छ र यो भूमि सुन्दरता र वैभवताले भरिपूर्ण हुनेछ।ु

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र सांस्कृतिकता विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिक स्थल एवम् दिव्य धामहरूले एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए।

ुबाजुरामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक धरोहरहरू हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्दछु,ु राष्ट्रपति पौडेलले भने।

त्रिवेणीमा अवस्थित बडीमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडीमालिकाको दर्शन र नाटेश्वरी देवीको दर्शन गर्न पाएकोमा उनले खुसी प्रकट गरे।

ुयहाँका अलौकिक, प्राकृतिक सम्पदा जस्तैः कस्तुरी, मृग, झारल, घोरल, बाघ, भालु, विभिन्न चराचुरुङ्गी, डाँफे, मुनाल साथै अमूल्य जडीबुटीहरूले सु–शोभित पुण्यभूमिको आरक्षण र यस क्षेत्रको विकास जरुरी छ भन्ने मलाई लागेको छ, यसका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,ु उनले भने, ुयस दिव्य धामको सानिध्यमा रहेका त्रिवेणी, मौर्या क्षेत्र र नाटेश्वरी देवीको मन्दिर नेपालको अति प्रसिद्ध धार्मिक स्थल हो। बडीमालिका दर्शनपछि नाटेश्वरी मन्दिरमा आएर दर्शन गर्ने मान्यतासमेत रहेको छ । यस  स्थलको स्कन्दपुराण मानस खण्डमा पूर्ण रूपमा वर्णन गरेको पाइन्छ।ु

यसअघि बिहीबार बिहान राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका थिए।