धनगढी पोष्ट
शुक्रबार, ०२ कार्तिक २०८१ मा प्रकाशित
काठमाडौँ । सरकारले कैलालीमा रहेको टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुर विमानस्थल सञ्चालन गर्न सरकार पूर्ण रूपमा तयार रहेको जनाएको हो ।
मन्त्रालयले एक पत्र लेख्दै विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट दुवैतर्फको बाटो बन्द गरी उचित सरसफाइ गर्ने व्यवस्था मिलाइदिन टीकापुर नगरपालिकालाई आग्रह समेत गरेको छ ।
शाखा अधिकृत अनिशा आचार्यद्वारा हस्ताक्षरित पत्रमा विमानस्थल मर्मतको लागि सडक बन्द गर्ने व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरिएको हो ।