धनगढी पोष्ट
शुक्रबार, ०२ कार्तिक २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा दुई लाख छ हजार एक सय चार जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदैछ ।
प्रदेशका नौ जिल्लामा सो संख्यामा बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइन लागेको हो ।
स्वास्थ्य निर्देशनालयका पोषण कार्यक्रमका फोकल पर्सन मिनराज जोशीले लक्ष्य अनुसार सबै बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइन लागिएको बताए ।
सुदूरपश्चिममा ६ महिनादेखि ११ महिनासम्मका २१ हजार सात सय चार जना बालबालिकालाई भिटामिन ‘ए’ १ लाख युनिट क्याप्सुल खुवाइने छ भने १२ महिनादेखि २३ महिनासम्मका पचास हजार सात सय ५५ जना बालबालिकालाई भिटामिन ‘ए’ २ लाख युनिट क्याप्सुल खुवाइने भएको हो ।
२४ महिनादेखि ५९ सम्मका बालबलिकालाई एक लाख ३३ हजार छ सय ४५ जना बालबालिकालाई जुकाको औषधि चार सय मिलीग्राम खुवाइने स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
सबै भन्दा बढी कैलालीमा एक लाख आठ हजार ४८ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ ।
सबै भन्दा कम दार्चुलामा नौ हजार सात सय दुई जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको हो ।
कैलालीपछि सबै भन्दा बढी कञ्चनपुरमा ३६ हजार आठ सय दुई बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
अछाममा २० हजार छ सय १९ जना, बैतडीमा २० हजार दुई सय ९५ जना र डोटीमा १८ हजार छ सय ४८ जना भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ ।
यस्तै बाजुरामा १२ हजार ७४ जना, बझाङमा १५ हजार तीन सय तीन जना र डडेल्धुरामा ११ हजार चार सय ८९ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको हो ।
फोकल पर्सन जोशीका अनुसार औषधि खुवाउन छ हजार ५० जना स्वाथ्यकर्मीहरु र अनुगमन तथा प्राविधिक सहजिकरणका लागि एक हजार छ सय जनालाई परिचालन गरिएको छ ।
स्वास्थ्य कार्यालय कैलालीकी पोषण कार्यक्रम फोकल पर्सन रमा गिरीले आफूहरुलाई दिएको लक्ष्य अनुसार बालबालिकालाई औषधी खुवाउन सकिने बताइन् । उनले औषधी खान छुटेका बालबालिकालाई भोलिपल्ट पनि खुवाइने बताइन् ।