कालापानी–लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न भारतको पत्र

कालापानी–लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न भारतको पत्र

धनगढी

 सुदूरपश्चिम प्रदेशको दार्चुला संग सीमाना जोडिएको कालापानीलिम्पियाधुरा क्षत्रमा नेपालीको आवतजावत रोक्न भारतीय पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको भारतको धारचुला उपजिल्ला अधिकारीले जिलला प्रशासन कार्यालय दार्चुलाका नाममा पत्र जारी गर्दै गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गरिएको

 बिभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउने हुँदा त्यसबाट मिडियाको ध्यान आकर्षित भई दुवै देशको प्रशासनलाई हैरान बनाउने भनदै सो क्षत्रमा आवतजावत रोक्न पत्र पठाइएको भारतको धार्चुला उपजिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको ’–‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला

 नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको

 दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले भने विवादित क्षत्रमा कसैले पनि आवत जावत नगरेको बताए हामीले कालापानी लगायतका विवादित क्षत्रमा आवश्यक पर्ने सामाग्री हेलिकप्टरमार्फत निर्यात गर्ने गरेका छौं प्रमुख जिल्ला अधिकारी पाखरेलले भने–‘आवत जावत बर्षाका कारण त्यसैपनि बन्द भएको , धार्चुला प्रशासनले हल्लाको भरमा पत्र पठाएको देखिन्छ उनले कालापानी नजिक छाङरुङमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको बताए हालै त्यहाँ नजिक सडकको ट्र्याक खोल्ने काम भइरहेको

 दार्चुला प्रशासनले ब्यास गाउँपालिका छाङ्रु टिङ्करमा एकएक सय क्विन्टल चामल पुर्याइएको थियो यस्तै छाङ्रुको गागा भन्ने स्थानमा झोलुङ्गे पुलका सामान पनि हेलिकप्टरमार्फत् नै पुर्याइएको यसैगरी माथिल्लो कौवा भन्ने ठाउँमा सुरक्षा पोष्ट राख्ने तयारीसमेत गरिएको प्रजिअ पोखरेलले जानकारी दिए