धनगढी पोष्ट बिहिबार, २६ भदौ २०८२   September 11, 2025

तीन लाखको सामान बरामद

तीन लाखको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट ३ लाखको भन्सार छलीको सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले ४२ हजार,अस्थाई प्रहरी विट भाँसीले १ लाख ४५ हजार ७५०, प्रहरी चौकी टेडुवाले २४ हजार ५३५, प्रहरी चौकी परासनले ७७ हजार ३५० र अस्थाई प्रहरी विट मझगाउँले १४ हजार ६६० गरि जम्मा ३ लाख ४ हजार २९५ मुल्यको भन्सार छलीको सामान बरामद गरेको हो।

उक्त मुल्य बराबरको भन्सार छलीको चिनी, बिस्कुट, ब्याट्री, टक्टरको हुडक्रेम थान २, साईकल थान १, मासको दाल, चप्पल, पेयपदार्थ, कपडा, सुट, टिसर्ट, पाईन्ट र  हाडवेयरको सामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।