धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

धनगढीमा खुल्यो एयर किङ मेन पावरको शाखा

धनगढीमा खुल्यो एयर किङ मेन पावरको शाखा

धनगढी । धनगढीमा एयर किङ मेन पावरको शाखा खुलेको छ । वैदेशिक रोजगारी सम्बन्धी सेवा दिने उद्देश्यले एयर किङ मेन पावरको शाखा खुलेको हो । 

शाखाको सोमबार एक कार्यक्रमका बिच पूर्व मन्त्री समेत रहेका प्रदेशसभा सदस्य रमेश सिंह धामीले उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै प्रदेशसभा सदस्य धामीले धनगढीमै मेन पावरको शाखा खुलिसकेपछि वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्नकै लागी काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको बताए ।

अध्ययनका लागी विभिन्न देश पठाउने कन्सल्टेन्सीका शाखा धेरै खुले पनि कामदार पठाउने गरी धनगढीमै शाखा खोलिनु नौलो विषय रहेको बताउँदै धामीले सुलभ र सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा पठाउन एयर किङ मेन पावरलाई सुझाव दिए ।

एयर किङ मेन पावरको शाखाबाट वैदेशिक रोजगारीमा जान चाहनेलाई धनगढीबाटै आवश्यक प्रक्रिया पुरा गरी पठाइने शाखा प्रबन्धक विष्णु केसीले बताए ।

हामीले गल्फमा काम गर्न खोजेका हौँ प्रबन्धक केसीले भने “खाडी मुलुक जाने हाम्रा दाजुभाइ थुप्रै हुनुहुन्छ, सामान्य जानकारी लिन तथा भिसा प्रक्रियाकै लागी काठमाडौँ धाउनुपर्छ, त्यसको अन्त्य गर्ने प्रयास हामीले गरेका छौँ, दुवै, कतार, मलेसिया, साउदी जस्ता देशमा कामदारका लागी जाने नेपालीहरूलाई हामी धनगढीबाटै पठाउन सक्छौँ ।”

सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा पठाइने प्रबन्धक केसीले बताए । धनगढीबाटै वैदेशिक रोजगारीको प्रक्रिया सुरु हुँदा ठगिने समस्या पनि नआउने उनको दाबी छ ।