धनगढी पोष्ट
सोमबार, १२ साउन २०७७ मा प्रकाशित
धनगढी
कैलालीको बर्दगोरिया स्थित बौनियामा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि अवबरुद्ध पूर्व पश्चिम राजमार्ग ४ घण्टा देखी बन्द भएपनि सुचारु गर्न अझै पहल भएको छैन ।
सोमबार बिहान ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो । घटना पछि चालकलाई कारवाही र मृतकका आफन्तलाई क्षेतिपुर्तिको माग गर्दै बिहान साढे ८ बजे देखीनै स्थानीयले सडक अबरुद्ध गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले ट्रकका साहु नआइपुगेका कारण कानूनी प्रक्रिया सुरु गर्न नसकिएको जनाइएको छ । स्थानीयले साहु नै चाहियो भन्दै आवज उठाएपछि ट्रकका मालिक घटना स्थलमै गरिरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।
घटना स्थलमा अर्को कुनै अप्रिय घटना नहोस् भनेर बौनिया क्षेत्रमा थप प्रहरी परिचालन गरिएको उनले बताए । ट्रकको ठक्करबाट लम्कीचुहा नगरपालिका–६ की सन्तोषी बोहराको मृत्यु भएको छ । दुर्घटामा परेको ट्रक र चालक सुर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।