धनगढी पोष्ट बुधबार, १४ माघ २०८२   January 28, 2026

दल विभाजन ऐन सरकारको प्राथमिकतामा छैन : डा. शेखर कोइराला

दल विभाजन ऐन सरकारको प्राथमिकतामा छैन : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको स्पष्ट पारेका छन्।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले नेपालको परराष्ट्र नीतिमा एकरूपता हुनुपर्ने  धारणा राखे । 

उनले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताए। मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गरे। 

उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे। मुलुकका केही ठुला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो।

नेता कोइरालाले मुलुकको समग्र विकासका लागि संघीयता आवश्यक रहेको बताउँदै संघीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे।