धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र अनिश्चितकालका लागि बन्द

धनगढी

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीलाई केही स्थानीयबासीले गए राति कुटपिट गरी घाइते बनाएका छन्

स्थानीय युवाहरुले स्वास्थ्यकर्मीलाई घाइते बनाएपछि उनीहरुमाथि कार्वाही गर्न सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन्

आइतबार प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा काम गरिरहेका अहेब सिंहराज गिरीमाथि स्थानीय बुढीनन्दा नगरपालिका का केशर भाटको नेतृत्वमा रहेको समुहले  आक्रमण गरी घाइते बनाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए

न्तका अनुसार उनीहरुले राति ११ बजेर १५ मिनेटको समयमा प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा प्रवेश गरी आफुहरुको स्वास्थ्य परीक्षण गर्नप¥यो भन्दै निहुँ खोजेर अहेब गिरी माथि आक्रमण गरेका हुन् उनीहको अक्रमणबाट अहेब गिरीको बाँया हात भाँच्चिएको

अहेब गिरी माथि आक्रमण भएपछि सोमबार बिहान प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका इञ्चार्ज डा. राजुराज जैशीले बिज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको सुरक्षा माग गरेका छन्

 घटनामा संलग्न केशर भाट सहित उनको समुहमा रहेका अन्यको पहिचान गरी कार्वाही गर्न समेत डा. जैशीले माग गरेका छन् घटनामा संलग्नहरु माथि कार्वाही स्वास्थ्यकर्मीहरुलाई सुरक्षको प्रत्याभूति नभएसम्मका लागि अस्पतालमा आकस्मिक प्रसुति बाहेकका सेवाहरु बन्द गरिएको डा. जैशीले बिज्ञप्ति मार्फत जानकारी दिएका छन्