धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

धनगढीका ६० वटा सार्वजनिक चौतारामा रङरोगन

धनगढीका ६० वटा सार्वजनिक चौतारामा रङरोगन

धनगढी । धनगढी उपमहानगरपालिकाले सार्वजनिक चौताराहरुमा रङरोगन लगाउन थालेको छ । उपमहानगरपालिका १९ वटै वडाका चौताराहरुमा रङरोगन लगाउन थालेको हो । 

धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख धर्मानन्द जोशीका अनुसार दशैँलाई लक्षित गरेर सुरुवात गरेको रङरोगन कार्तिकको दोस्रो सातासम्म ६० वटा सार्वजनिक चौतारामा रङरोगन गरिएको जनाएका छन् ।

तिहारसम्म सबै वडाका चौताराहरुमा रङरोग लगाई सक्ने लक्ष्य लिएको उनले बताए । 

उपमहानगरपालिकाले वडा नम्बर १ मा तीन वटा, वडा नम्बर २ मा ६ वटा, वडा नम्बर ३ मा पाँच वटा, वडा नम्बर ४ मा सात वटा, वडा नम्बर ५ मा चार वटा, वडा नम्बर ६ र ७ मा तीन ÷तीन वटा चौताराको सरसफाई गरी रङरोगन गरेको छ । 

यस्तै उपमहानगरले वडा नम्बर ८ नम्बर मा दुई वटा, वडा नम्बर ९ मा तीन वटा, वडा नम्बर १० र ११ मा एक÷एक वटा, वडा नम्बर १२ मा पाँच वटा, वडा नम्बर १३ मा ६ वटा, वडा नम्बर १४, १५, १६ र १७ मा एक÷एक वटा, वडा नम्बर १८ मा दुई वटा र वडा नम्बर १९ मा चारवटा सार्वजनिक चौताराहरूमा रङरोगन गरेर आकर्षक बनाइएको छ । 

No photo description available.

नगर प्रहरी प्रमुख जोशीले भने,’‘बोटबिरुवाहरुको संरक्षण, पहिला–पहिला चौताराहरुमा मान्छेहरुको जमघट हुने ठाउँ हो । अहिले लोभ भयो । मान्छेहरुलाई कहाँ जाउ के गरौँ हुन्छ । चौतारामा सूचना आदान प्रधानका कुराहरु हुन्थ्यो । अहिले हरायो । त्यसैले रङरोगन गरेर चिटिक बनाउन थाल्यौँ ।’ 

सार्वजनिक चौताराहरु नाश हुँदै जान थालेपछि यसको संरक्षणमा लागेको उनले बताए । धनगढीको आर्कषण र सुन्दता बढाउने उद्देशले रङरोगन गर्ने लागिएको उनले बताए । 

आफूहरुले चौतारामा मात्रै नभएर बजार क्षेत्रका दाँया–बाँयाका रुखहरुमा पनि राङरोग गर्ने थालिएको उनको भनाइ छ  ।

नगर प्रहरी बलले सार्वजनिक चौतारा वरिपरिको झाडी फाँड्ने, भत्किएको भएमा सोको मर्मत गर्ने र रङरोगन गरेर चौतारामा सबैले देखिने ठाउँमा आपतकालिन सेवाहरुका लागि नगर प्रहरीको सम्पर्क नम्बर, दमकल सेवाको सम्पर्क नम्बर तथा निःशुल्क टोल फ्री नम्बर समेत लेख्ने काम गर्दै आएको छ ।

चौराहदेखि क्यापसरोडसम्म र सहिद गेटदेखि क्यापसरोडसम्मका रुखहरुमा रङरोय गरेको उपमहानगरपािलकाले जनाएको छ । 

May be an image of 3 people