धनगढी पोष्ट शुक्रबार, ०२ माघ २०८२   January 16, 2026

बलात्कार आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ

बलात्कार आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ

काठमाडौं । दाङमा बालिका बलात्कार गरेको आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ परेका  छन्। 

पक्राउ पर्नेमा २९ नम्बर ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी हवल्दार भरत रोका र जवान रेवन पचभैया मगर रहेका छन्। 

उनीहरूमाथि सशस्त्र प्रहरी कार्यालयबाहिर बनाइएको दशैँको पिङ खेल्न पुगेका दुई बालिकामाथि बलात्कार गरेको आरोप छ।

प्रहरीका अनुसार उनीहरूमाथिको अनुसन्धान अघि बढिसकेको छ। अहिले सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइको प्रहरीले जनाएको छ। 

गत असोज २४ गते पिङ खेल्न गएका ८ र १४ वर्षीया बालिकामाथि बलात्कार गरेको जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। 

उनीहरूलाई सशस्त्र प्रहरीले नै पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ।