धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

बैतडीकी हिमश्वेता पहिलो प्रयासमै अधिकृत

बैतडीकी हिमश्वेता पहिलो प्रयासमै अधिकृत

बैतडी । बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन् ।

बैतडीको दशरथचन्द नगरपालिका-५ स्थायी घर भएकी भट्टले बागमती प्रदेश लोकसेवा आयोगले लिएको कृषि अधिकृत सातौं तहको परीक्षा पास गरेकी हुन् ।

भट्टले पहिलो प्रयासमै लोक सेवा आयोगले लिएको अधिकृत सातौं तहको परीक्षा पास गरी मकवानपुरको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस भएकी छन् ।