धनगढी पोष्ट
शुक्रबार, ०९ कार्तिक २०८१ मा प्रकाशित
दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका–४ दिउनामा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको छ ।
दिउनाकी ६५ बर्षिया हिरादेवीको बिष्टको शुक्रबार बिहान खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो ।
दोगडाकेदार गाउँपालिका–४ का वडाकाध्यक्ष तर्कराज भट्टका अनुसार बिष्टको बिहान १० बजेतिर स्थानीय उच्चाइनी भन्ने भिरबाट लडेर मृत्यु भएको हो ।
भिरबाट लडेर करिब दुई सय मिटर तल सडकमा खसेकी बिष्टको घटनास्थलमै मृत्यु भएको उनले बताए ।