धनगढी पोष्ट
शुक्रबार, ०९ कार्तिक २०८१ मा प्रकाशित
धनगढी । गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेलले दलित महिला तथा सिमान्तकृत समुदायलाई राज्यको मुलधारमा ल्याउनेगरी पालिकाले काम गरिरहेको बताएका छन् ।
बिहीबार गौरीगंगा नगरपालिकामा आयोजित दलित महिला, बालिका र सिमान्तकृत समुहको मानवअधिकार प्रबर्द्धनमा स्तानीय तहको भुमिका विषयक अन्तरक्रियाकार्यक्रममा नगरप्रमुख कँडेलले पछाडी पारिएका समुदायलाई मुलधारमा ल्याउने गरि कार्यक्रम लागू भइरहेका बताएका हुन् ।
संविधानले पर्त्याभुत गरेका र राज्यले प्रदान गर्नुपर्ने शिक्षा, स्वास्थ्य, पोषण, रोजगारीका कार्यक्रममा पालिकाले सञ्चालन गरिरहेको उनले बताए । उनले नागरिकलाई सचेत बनाउने तथा अधिकारका सवालमा जोडिएका कार्यक्रमहरू गाउँघर केन्द्रित बनाउनसके अझै प्रभावकारी हुने बताए ।
गौरिगंगा नगरपालिकाका उप–प्रमुख भोजबहादुर बमले पनि दलित तथा सिमान्तकृत समुदायका मुद्दालाई पालिकाले गम्भिररूपमा लगेको बताए ।
पालिकाले दलित समुदायले अंगालेका परम्परागत शिपको संरक्षण र पर्वर्द्धन गर्नुका साथै नयाँ रोजगारीका कार्यक्रममा पनि समावेस गर्दै उनिहरूको जीविकोपार्जन सुधार गर्नेगरेको उनको भनाइ छ ।
आयोजक दलित महिला संघकी प्रदेश अध्यक्ष अम्बिका ताम्राकारले समाजमा पछाडि पारिएका सीमान्तीकृत विपन्न समुदायको आर्थिक, सामाजिक र राजनीतक अधिकारका लागि संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
कार्यक्रममा दलित महिला संघका कैलाली संयोजक विनोद घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा गौरिगंगा नगरपालिका स्थित विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य र दलित महिला सदस्यको सहभागिता रहेको थियो