धनगढी पोष्ट शनिबार, १३ असार २०८३   June 27, 2026

हामीले सरकार आज ढल्छ, भोलि ढल्छ भनेका छैनौंः अध्यक्ष दाहाल

हामीले सरकार आज ढल्छ, भोलि ढल्छ भनेका छैनौंः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले खबरदारी सभा आयोजना गर्दा सत्तापक्ष आत्तिएको बताएका छन्।

माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

‘खबरदारी सभा सरकार ढाल्नका लागि पनि गरेको होइन। संघीय गणतन्त्र जोगाउन हामीलाई गहिरो गरी बोध छ,’ दाहालले भने, ‘बरु हामीले खबरदारी रचना गर्ने बित्तिकै सत्ता पक्षमा जुन आतंक देखियो। सरकार आज ढल्छ, भोलि ढल्छ।’

आफूहरूले त्यसो नभनेको उनले बताए। ‘हामीले भनेका छैनौँ उहाँहरूले भन्नुभएको छ, खबरदार तपाईंहरू सरकार ढल्ने डरले अझ बढी बेथितितिर नजानुहोला, भ्रष्टाचारीको संरक्षणतिर नजानु होला हामीहरू यो खबरदारी तपाईंहरूलाई गर्न चाहन्छौँ,’ उनले भने।