धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
सुदूरपश्चिमाञ्चल बहुउदेश्यीय सहकारीको २५ औँ वार्षिक साधारण सभा स्थापना दिवस तथा रजत जयन्ती

सुदूरपश्चिमका सहकारीमा समस्या छैन : मन्त्री थापा

सुदूरपश्चिमका सहकारीमा समस्या छैन : मन्त्री थापा

धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले देशका अन्य सहकारी जस्तो समस्या सुदूपश्चिमका सहकारीमा नभएको बताएका छन् । 

धनगढीमा मंगलबार सुदूरपश्चिमाञ्चल बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारण सभा स्थापना दिवस तथा रजत जयन्ती २०८१ लाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । 

मन्त्री थापाले भने, ‘देशभरी चलिराख्या सहकारीमा जे सुनि राख्या छौँ । आज हामी सुदूरपश्चिमका सहकारीम हामी त्यस्तो भेटाउँदैनौँ । सुदूरपश्चिममा धेरै अनियमितता भएका सहकारीको बारेमा हामी सुनिराख्या छैनौँ । एक÷दुईवटा बाहेक, त्यो पनि कस्तो सहकारीमा भए भन्ने कुरालाई पनि हामीले बुझनुपर्छ । केहि वाहिर बाट आएका सहकारीहरुले बद्नाम गर्ने काम गरेका छन् । यसबाट बच्न जरुरी छ ।’ 

सहकारीको नीति भित्रि रहेर काम गरेमा कुनै समस्या नहुने मन्त्री थापाले बताए । मन्त्री थापाले सबै सहकारीलाई एउटै भाडोमा राखेर हेर्ने नहुने बताए ।

सुदूरपश्चिमकै जनताले सञ्चालित गरेका सहकारीहरु बेठीक नभएको उनले बताए । सुदूरपश्चिमका सबै जिल्लामा भएका सहकारीहरु अहिलेको माग र आवश्यता अनुसार चलाउन नसकिरहेको मन्त्री थापाको भनाइ छ । 

उनले जनतालाई सहकारीका विषयमा अझै बुझाउन आवश्यक रहेको बताए । सहकारीमा पैसा बचत गर्ने नसक्दा खेरी एकपछि अर्को सहकारी धरापमा पर्दै गइरहेको मन्त्री थापाले बताए ।

प्रदेशका सवै सहकारीहरुसँग समन्वय गरेर मन्त्रालयले अगाडि बढ्न तयार रहेको उनले बताए । सहकारीहरुले कृषि क्षेत्रमा धेरै नै उल्लेखनीय कामहरु गर्दै आइरहेकाले मन्त्रालयले पनि सहकारीमा कृषि गर्न चाहनेहरुका लागि बजेट समेत विनियोजन गरेको उनले बताए । 

उनले सहकारीहरुले कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । किसानले उत्पादन गरेका वस्तुहरुले बजारीकरण नपाएकाले प्रदेश सरकारले संकलन केन्द्रको स्थापना गरेर बजारीकरण गर्नेका लागि सहकारीहरुसँग समन्वय गरिरहेको मन्त्री थापाले बताए । 

No description available.

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव झलकराम अधिकारीले सहकारी आन्दोलन राष्ट्रिय आन्दोलन भएको बताए । सहकारीको सिद्धान्त अनुसार सञ्चालन हुन नसक्दा सहकारीहरु धरापमा परिरहेको उनले बताए । 

सहकारीहरुले शेयर सदस्यहरुको विश्वास जित्न सकेन भने बदनाम हुने उनले बताए । लेखा समिती बलियो भएन भने त्यो सहकारी बलियो हुन नसक्ने उनको भनाइ छ ।

सहकारीहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर मन्त्रालय लागिरहेको उनले बताए । देशभर ३२ हजार सहकारीहरु रहेको उनले बताए । यी सहकारीले सात खर्ब बजेट परिचालन गरिरहेको उनको भनाई छ । 

सुदूरपश्चिमाञ्चल बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष पुष्पराज कुँवरले आर्थिक अवस्था कमजोर भएको अवस्थामा पनि सहकारीलाई यहाँसम्म पुगाउन सफल भएको बताए । 

आगामी दिन सहकारीलाई अझै उचाईमा पुगाउनका लागि सहकार्य समन्वय गर्ने तयार रहेको उनले बताए । झोलाबाट सुरु गरेको सहकारी यहाँसम्म पुग्न धेरै लामो संघर्ष गरेको उनको भनाइ छ । सहकारीले कृषि क्षेत्रमा पनि धेरै कामहरु गरिरहेको उनले बताए । 

सहकारीको २०८१ सालको असार मसान्तसम्म शेयर पूँजि दुई करोड ९८ लाख १७ हजार आठ सय रुपैयाँ रहेको छ भने शेयर पूँजि गत वर्षको तुलनामा यस वर्ष ८.३० प्रतिशत वृद्धि भएको छ । 

निक्षेप २०८१ सालको असार मसान्तसम्म १५ करोड ७८ लाख ४२ हजार रुपैयाँ रहेको छ भने गत वर्षको तुलनामा ७.६८ प्रतिशतले वृद्धि भएको छ । सहकारीको कर्जा प्रवाह र असुली २०८१ सालको असार मसान्तसम्म २२ करोड ८३ लाख ५६ हजार ३५६ रुपैयाँ रहेको छ । 

यस्तै सहकारीको मुनाफा आर्जन आर्थिक वर्ष २०८०÷०८१ मा आर्थिक कारोबार ८७ लाख ७७ हजार नौ सय ६५ रुपैयाँ मुनाफा आर्जन गरेको छ । प्रदेशभरी सहकारीको १० वटा शाखा रहेको छ भने ५४ जनाले रोजगारी पाएका छन् ।  

कमर्यक्रममा जिल्ला सहकारी कैलालीका अध्यक्ष फणिराज सापकोटा, जिल्ला सहकारी संघ  कैलालीका निवर्तमान अध्यक्ष विश्व प्रकाश पौडेल, कैलाली बहुमुखी क्यापसका सह–प्राध्यापक गोविन्दराज जोशी, साहित्यकार निर्मलकुमार भण्डारी र पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहकारीको स्थापना कालदेखिका सदस्यहरु, विभिन्न क्षेत्रबाट सामाजिक क्षेत्रमा योग्दान पुगाएकाहरु, सहकारीका कर्मचारीहरु र विभिन्न संघसंस्थाबाट सहकारीमा योग्दान पुगाएका व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

सञ्चारकर्मी विना शाहीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमको संयोजक एंव संस्थाको सञ्चालक समिति सदस्य प्रेम भट्टले गरेका हुन् ।