चैतन्य पाठशालामा पूर्व विद्यार्थी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

चैतन्य पाठशालामा पूर्व विद्यार्थी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालामा पूर्व विद्यार्थी मिलन एक कार्यक्रम गरी सम्पन्न भएको छ ।

शिक्षा र संस्कारको सङ्गम प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाका नामले पाठशालाले पूर्व विद्यार्थी मिलन कार्यक्रम तिहारको पूर्व सन्ध्यामा मंगलबार एक कार्यक्रम गरी विद्यालयमा सम्पन्न भएको हो।

विगतमा साइनिङ स्टार, स्टोन ब्रिज हुँदै हाल चैतन्य पाठशाला हुँदासम्म सोही विद्यालयबाट पास आउट भएका सम्पूर्ण विद्यार्थीको मिलन कार्यक्रम आज पाठशालामा भएको थियो ।

चाडबाडको समयमा धनगढी नजिक आएका पूर्व विद्यार्थीहरू उपस्थित भएका थिए। कार्यक्रममा पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहले विद्यालयीय समय जीवनकै स्वर्णिम पल हुने र त्यो समय अविस्मरणीय हुने भएका कारण पुनर्ताजगी गर्ने उद्देश्यले विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा पूर्व विद्यार्थी आयुषा रावलले आफू स्टोन ब्रिजमा पढेको भए पनि यस्तो सुन्दर कार्यक्रमको आयोजना गरेकोमा विद्यालयलाई कृतज्ञता ज्ञापन गरिन् यस्तै पूर्व विद्यार्थी सौगात भट्टले आफूले गरेको सङ्घर्ष र सफलताका कथाहरू उपस्थित कक्षा ८ र १० कक्षाका विद्यार्थीहरूलाई सुनाएका थिए ।

कार्यक्रममा धन्यवाद दिँदै सामाजिक शिक्षक सन्तोष तिमिल्सिनाले पूर्व विद्यार्थीलाई विद्यालयले यो संयोग जुराउनु भनेको तपाईँहरूमा समाजप्रतिको दायित्व बढ्नु भएको बताए ।

कार्यक्रम पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरी शिक्षक, शिक्षिका, पूर्व विद्यार्थी, कक्षा८ र १० कक्षाका विद्यार्थी सहभागी रहेका थिए ।