धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

रास्वपा कैलालीद्वारा नागरिक आन्दोलन

रास्वपा  कैलालीद्वारा नागरिक आन्दोलन

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) ले धनगढीमा सहकारी पीडिको न्यायका लागि नागरिक आन्दोलन गरेको छ ।

धनगढीमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीले धनगढीको चौराहादेखि पार्कमोडसम्म ¥याली गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीका सभापति महेशकुमार चोधरीले धनगढी चौराहा, मुख्यमन्त्री कार्यालय, प्रदेश सभा र जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभा गरेको बताए ।

उनीहरले देशभरका सहकारी पीडितहरले न्याय पाउनुपर्ने, भ्रष्टाचार बेथिती र राजनीतिक प्रतिशोध विरुद्ध आन्दोलन गरेका थिए ।