धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

दलित महिला अभियन्ताहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

दलित महिला अभियन्ताहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

धनगढी । धनगढीमा जिल्ला स्तरीय दलित महिला अभियन्ताहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । दलित महिला संघ (फेडो) कैलालीको आयोजनामा मंगलबार धनगढीमा एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो । 

दलित महिला संघ (फेडो) कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले कैलालीका सात वटा स्थानीय तहका सामाजिक अभियन्ता महिलाहरुलाई समाजमा लैङ्गिक हिंसा, जातिय भेदभाव र विभिन्न प्रकारका सामाजिक विभेदका कारणले गर्दा मानव अधिकार हनन भइरहेको बताए । 

लक्षित समुदायका महिलाहरुको सवाललाई माथि उठाउन र मानव अधिकार, सामाजिक न्याय र लैङ्गिक न्यायको संरक्षण, प्रर्वधन गर्नेको लागि क्षमता अभिवृद्धि तालिम दिएको उनले बताए । अभियान्ता महिलाहरुले आफनो समाजमा भएका समस्याका विषयमा वकालत गर्ने सहज होस भने तालिमको उदेश्य रहेको उनको भनाइ छ ।  

धनगढी उपमहानगरपालिकाकी सामाजिक अभियन्ता लक्ष्मीदेवी सोपले दलित महिलाहरु राज्यले दिने सेवा सुविधा र अधिकारबाट सधै बचित हुने गरेको बताइन् । तालिमले गर्दै आफूहरुको क्षमता अभिवृद्धि भइरहेको बताइन् ।

तालिमले गर्दा समाजमा परिर्वतनका लागि सम्बादका रुपमा काम गर्ने केही सहज भएको उनले बताइन् । महिलाहरुको समस्यालाई सम्बधीत निकायसम्म पुगाउनका लागि समेत सहज भइरहेको उनको भनाइ छ । 

कार्यक्रममा अधिवक्ता पुष्प विक्रम शाही र जिल्ला प्रहरी कार्यालय कैलालीकी महिला सेल प्रमुख कल्पना पौडेलले प्रस्तुतीकरण राखेका थिए ।