धनगढी पोष्ट शुक्रबार, ०२ माघ २०८२   January 16, 2026

बदेलको आक्रमणबाट युवकको मृत्यु

बदेलको आक्रमणबाट युवकको मृत्यु

डोटी । डोटीमा बदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका-१ धामीगाउँ बस्ने २७ वर्षीय नविन बडेलाको बदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बुधवार बडेला घर नजिकै मष्टदेवता सामुदायिक वनमा बाख्रा चराउदै गरेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गरेपछि गम्भिर घाइते भएका थिए।

उनलाई उपचारको लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।