लम्कीमा यातायात कार्यालय स्थापनाको माग गर्दै भौतिक पुर्वाधार मन्त्रीलाई ज्ञापन

लम्कीमा यातायात कार्यालय स्थापनाको माग गर्दै भौतिक पुर्वाधार मन्त्रीलाई ज्ञापन

धनगढी

   कैलालीको लम्कीमा यातायात व्यवस्था सेवा कार्यालयको माग गर्दै लम्की क्षेत्रका अगुवाहरुले प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिह वोहरालाई ज्ञापन पत्र बुझाएका   छन् ।

  सोमबार धनगढी स्थित मन्त्रालय पुगेको लम्कीको टोलीले यातायात ब्यबस्था सेवा कार्यालय स्थापनाका लागि लम्की नै उपयुक्त रहेको भन्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । नेपाल सरकारका पूर्व मन्त्री भीमबहादुर कडायतको नेतृत्वमा मन्त्रालय पुगेको टोलीमा कार्यालय स्थापनाका लागि गठित संघर्ष समितिका संयोजक जयरुप बुढा लगायत त्यस क्षेत्रका राजनि ितक दलका प्रतिनिधि,उद्योग ब्यबसायी, यातायात ब्यबसायी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

  ज्ञापन पत्र हस्तान्तरण गर्दै पूर्वमन्त्री कडायतले हरेक हिसावले सेवा कार्यालय स्थापनाका लागि लम्की नै उपयुक्त भएकाले त्यसमा मन्त्रालयले ध्यान दिनुपर्ने बताए ।  मन्त्री बोहराले तत्काल मन्त्रालयको सेवा कार्यालय स्थापना गर्ने योजना नरहेको बताए । उनले माग राख्नु स्वभाविक भएपनि अहिले नै मन्त्रालयको योजनामा नरहेकाले आन्दोलन नै गर्नु उपयुक्त नभएको बताए ।

 आज नै उनीहरुले मुख्यमन्त्री कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि  लम्कीमा यातायात ब्यबस्था सेवा कार्यालय स्थापनाका लागि ज्ञापन पत्र बुझाएका छन् । कैलाली जिल्लाको पुर्वी क्षेत्रहरूलाई पायक पर्ने स्थान लम्की नै रहेको भन्दै त्यस क्षेत्रका  राजनीतिक दल, व्यवसायी, संघ संस्थाका प्रतिनिधि, व्यापारी, शिक्षक, विद्यार्थीको सहभागितामा केही दिन अघि  लम्कीमा प्रर्दशन समेत गरिएको थियो ।


ट्रेन्डिङ