धनगढी पोष्ट
सोमबार, १२ साउन २०७७ मा प्रकाशित
धनगढी
बैतडीमा आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । बैतडीको पूर्चौडी नगरपालिका–१० का ३१ बर्षे पुरुष असार ३१ गते आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थियो । उनि इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका थिए । उनको स्वास्थ्यमा समस्या भएपछि साउन ५ गते कोरोना परिक्षणका लागि डडेलधुरामा स्वाव पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले बताए ।
‘कोरोनाको आसंका लागेपछि ती व्यक्तिको साउन ५ गते स्वाव संकलन गरी डडेलधुरा पठाइएको थिया’ सूचना अधिकारी जोशीले भने–‘आज परिपोर्ट आएको मा कोरोना पोजेटिभ देखिएको छ ।’ हिरासतमा रहेका व्यक्तिमा कारोना संक्रमण पुष्टी भएपछि उनिसंगै हिरासतमा रहेका दुई जनाको पनि स्वाव संकलन गरी कोरोना परिक्षणका लागि डडेलधुरा पठाइएको सूचना अधिकारी जोशीले बताए ।
कोरोना संक्रमण पुष्टी भएपछि बलात्कारको आरोपमा हिरासतमा रहेका ती व्यक्तिलाई भने जिल्ला अस्पताल गोठालापानीमा लगेर उपचार गर्ने तयारी भइरहेको सूचना अधिकारी जोशीले बताए ।