धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

लागुऔषधसहित ७६ वर्षीय वृद्ध पक्राउ

लागुऔषधसहित ७६ वर्षीय वृद्ध पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहितबाट एक वृद्ध  पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१५ बेलीका ७६ वर्षीय राईभान खडायत बिहीवार साँझ सोहि ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

खडायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २४४ ग्राम ७८० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको हो।