धनगढी पोष्ट शुक्रबार, ०२ माघ २०८२   January 16, 2026

अवैध सामान बेवारिसे फेला

अवैध सामान बेवारिसे फेला

धनगढी । कैलाली र कञ्चनपुरमा अवैध सामान बेवारिसे फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा डेढ लाख बढीको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ४० हजार ५०० मूल्यको चिनी, सुर्ती, प्लाष्टिक झिल्ली, उलन पलाजु लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका(११ चौकीसत्ता र दोधाराचाँदनी नगरपालिका-७ गौरीटोलबाट भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख २१ हजार ९४० मूल्यको गुड, अण्डा, खानेतेल, नमकिन, गुडिया, कुर्ता सुरुवाल, थान कपडा, कस्मेटिक, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।