धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

गाँजासहित कञ्चनपुरमा एक जना पक्राउ

गाँजासहित कञ्चनपुरमा एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ जमुनाघाडीबाट सोही ठाउँ बस्ने ६२ वर्षीय लक्ष्मण धामी गाँजासहित पक्राउ परेका हुन्।

धामीलाई ४२५ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।