धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

निश्चित पिकनिक स्पटको व्यवस्थापन नहुँदा गोदावरी दुर्गन्धित

निश्चित पिकनिक स्पटको व्यवस्थापन नहुँदा गोदावरी दुर्गन्धित

धनगढी । नेपालीहरुको महान चाड दशँै र तिहार सकिए संगै यति बेला एक आपसमा रमाइलो गर्दै दैनिक जसो पिकनिक खाना जानेहरुले कैलाली र कञ्चनपुरका विभिन्न पर्यटकिय क्षेत्रहरु भरिभराउ हुने गरेका छन् ।

कैलालीको पर्यटकिय क्षेत्र गोदावरी नदीमा पनि सयौँको संख्यामा पिकनिक खानेहरु पुग्ने गरेका छन् । कैलाली र कञ्चनपुरसहित अन्य विभिन्न जिल्लाहरुबाट पनि सो क्षेत्रमा पिकनिक खान जाने गरेका छन् । 

विद्यार्थीहरु, संघसंस्थाका प्रतिनिधिहरु र परिवारका सदस्यहरु आ–आफ्नो समुह बनाएर पिकनिक खान आउनेहरुले गोदावरी क्षेत्र भरिभराउ हुने गरेको छ ।

तर गोदावरीमा एक निश्चित क्षेत्रलाई पिक्निक स्पटका रुपमा व्यवस्थित नगरिदा गोदावरी नदी क्षेत्र जताततै दुर्घन्धित बनेको छ । 

प्राकृतिक सौदर्यताले भरिपुर्ण क्षेत्र अहिले पिकनिक खान आउनेहरुले निश्चित ठाउँ नपाउँदा दुर्घन्धित बनेको हो । 

महेन्द्रनगरबाट पिकनिक खान गोदावरी नदीमा आएका खग्रेन्द्र रावलले भने ‘नदीका छेउछाउमा डस्टबिन राखिदिएको भए राम्रो हुन थियो । मानिसहरु आउँछन, पिक्निक स्थलमा फोटाहरु खिच्छन गोदावरी धाम भनेपछि अहिले लोकप्रिय छ । यहाँको नगरपालिकाले साइडमा डसबिङ राख्दियो भने भोलिका दिनमा अझै राम्रो हुन्थ्यो होला ।’ 

नदीको जताततै फोहोरै–फोहोर हुँदा खाना पकाउने ठाउँ समेत नभएको उनले बताए । पिक्निक स्पोर्टका लागि नगरपालिकाले छुटै क्षेत्र छुटाएको भए राम्रो हुने उनले बताए । 

No description available.

महेन्द्रनगरबाट गोदवारीमा शैक्षिक भ्रमण सँगै पिक्निक  खान आएका गोविन्दराज जोशीले गोदावरी नदी पिकनिक र मनोरञ्जनका लागि एकदमै उपयुक्त ठाउँ रहेको बताए ।

‘गोदावरी धाम एउटा पवित्र स्थल हो । तर यहाँ फोहोर भने धेरै छ । यहाँ स्थानीय सरकारले सरसफाई गदिए अझै राम्रो हुन्थ्यो । म चार पटक आइसके, जस्तो पहिला थियो अहिले पनि त्यस्तै छ । हामी हाम्रो फोहोर आफै व्यवस्थापन गरेर जान्छौँ,’ उनले भने । 

स्थानीय सरकारले पिकनिक स्थलमा आउनेहरुबाट निश्चित रकम लिएर फोहोर व्यवस्थापन गरिदिएको भए अझै राम्रो हुने उनले बताए । 

उनले भने, ‘पिकनिक स्पटमा सा–साना टहराहरु बनाएर यहाँ निर पकाउ है भनेर व्यवस्था गदिएको भए हुन्थ्यो । तर यहाँ मनपरि छ । जताततै बोतलै बोतल पालिएको छ, फुटाएको छ । पवित्र स्थलमा अलिकति विकृति नै बढेको छ । फोहोर एकदमै बढेको छ ।’ रमाइलो ठाउँ भए पनि फोहोर व्यवस्थापनको कमी रहेको उनले बताए । 

No description available.

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले गोदावरी नदीमा सरसफाइको एकदमै आवश्यकता रहेको बताइन् । अब बस्ने कार्यपालिका बैठकमा सरसफाइका लागि प्रस्ताव लिएर जाने र पास भयो भने सरसफाइ गर्नेे उनले बताइन् ।

नदी क्षेत्रमा एउटा साइन बोर्ड र डसबिङ राखेर केही नियम बनाउन सकियो भने नदी क्षेत्र सफा रहने उनले बताइन् ।