धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

लागूऔषधसहित पाँच जना पक्राउ

लागूऔषधसहित पाँच जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट तीन युवतीसहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ कटानबाट लागूऔषध (खैरो हेरोइन) कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा सोही ठाउँ बस्ने ३१ वर्षीय घनश्याम उराउ, रबिन गिरी पक्राउ परेका छन्। 

यस्तै भीमदत्त नगरपालिका–१९ बस्ने लक्ष्मी राना, सुनिता राना र मनिशा राना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पाँचै जनालाई १ दश्मलव ३४ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।